काठमाडौँ l प्रधानसेनापति प्रभुराम शर्माले बारास्थित महागढीमाई इलाकामा स्थापना गरिएको कम्पनी अपरेसन बेसको निरीक्षण गरेका छन् ।
सेनाले आसन्न स्थानीय तह निर्वाचन–२०७९ को सुरक्षामा केन्द्रित रही उक्त अपरेसन बेस निर्माण गरेको हो । बिहीबार निरीक्षणको क्रममा प्रधानसेनापति शर्माले बेसको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिई सकलदर्जालाई सम्बोधन गरेका थिए ।
बिहीबार नै प्रधानसेनापति शर्माले बाराको अमलेखगञ्जस्थित नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको निरीक्षण भ्रमणसमेत गरे । त्यस क्रममा उनले उक्त शिक्षालयको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिनु भई शिक्षालयद्वारा तयार गरिएको डेमोन्स्ट्रेशनको अवलोकन गरेका थिए ।
सकलदर्जालाई सम्बोधन तथा प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको स्मारिका–२०७८ विमोचन समेत गरेका थिए ।