काठमाडौँ l प्रधान सेनापति महारथी प्रभुराम शर्मा र अमेरिकी सेनाका Adjutant General (TAG) of the Utah National Guard, Major General Michael J. Turley बीच २०७९ वैशाख १३ गते जंगी अड्डामा भेटघाट भएको छ ।
प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।
यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।