काठमाडौँ l अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुनेका नायब सुब्बा देवीबहादुर थापाविरुद्ध एक करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
नासु थापाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएकाले आयोगले विशेष अदालतमा उक्त मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।