काठमाडौँ l सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् । जुलुससहित निर्वाचन कार्यालयमा पुगेर दाहालले मेयर र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका हुन् ।
दाहाल यसअघि पनि भरतपुरको मेयर थिइन् भने अधिकारी वडाध्यक्ष थिए । अधिकारी भरतपुर महानगरपालिकाका कांग्रेस सभापति पनि हुन् ।
निर्वाचन कार्यालयका अनुसार अपरान्ह ४ बजे नाम दर्ता गरेका हुन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको निम्ति हिजो र आज उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । आज साँझ ५ बजेपछि उक्त समय सकिएको छ ।