शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

शुक्रबार, बैशाख ९ २०७९

काठमाडौँ l प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

आज (शुक्रबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ ।

सोही समय सीमालाई मध्यनजर गर्दै बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।