बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनएमबी बैंकको नौं महिनाको नाफा दुई अर्ब ६६ करोड

शुक्रबार, बैशाख ९ २०७९

काठमाडौँ l एनएमबी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ६६ करोड ५२ लाख ९१ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ५१ करोड ६४ लाख ८७ हजार रुपैंयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैंयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ८४ अर्ब ९३ करोड ८६ लाख सात हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ७७ अर्ब ९२ करोड ४७ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा चार अर्ब ४२ करोड ७२ लाख ४९ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा स्प्रेड दर तीन दशमलव ५४ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ३२ करोड ८९ लाख ११ हजार रुपैंयाँ रहेको छ । 

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६४ अर्ब ४८ करोड ९२ लाख ८६ हजार रुपैंयाँ निक्षेप संंकलन गरी एक खर्ब ५१ अर्ब एक करोड ४१ लाख २४ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ३० करोड ९० लाख १८ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३७ प्रतिशत रहेको थियो ।