काठमाडौँ l नेपाल बंगलादेश बैंकले बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ११ करोड ११ लाख ३७ हजार एक सय ८१ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ६३ करोड ८४ लाख नौं हजार छ सय ८३ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुंजी १० अर्ब आठ करोड ५३ लाख ९९ हजार रुपैंयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८२ अर्ब दुई करोड १५ लाख ७१ हजार रुपैंयाँ निक्षेप संकलन गरी ७६ अर्ब २० करोड ९२ लाख १५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ९३ करोड ९१ लाख ११ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव शुन्य पाँच प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ६४ लाख ६९ हजार नौं सय ७५ रुपैंयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ८७ अर्ब १२ करोड ७८ लाख ७१ हजार रुपैंयाँ निक्षेप संकलन गरी ६८ अर्ब ६८ करोड ६१ लाख ५० हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९८ करोड ३५ लाख ९७ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १५ प्रतिशत रहेको थियो ।