शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

झापामा राजावादीलाई समेत मिसाएर मेराविरुद्ध ६ दलीय गठबन्धन बनाइयो

शुक्रबार, बैशाख ९ २०७९

काठमाडौँ l एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको टिप्पणी गरेका छन् ।साथै ओलीले पाँच दलीय गठबन्धन ६ दलीय भइसकेको पनि बताएका छन् ।

बिहिबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन राजावादीसँग मिलेर ६ दलीय भएको बताएका हुन् । ६ दलीय गठबन्धन एमाले र आफनोविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा बनेको अध्यक्ष ओलीले टिप्पणी गरे ।

‘झापामा मेरै निर्वाचन क्षेत्रमा राजावादी राप्रपाको उम्मेदवारलाई कांग्रेस, माधव नेपाल, प्रचण्ड सबै गुटहरुले साझा उम्मेदवारको रुपमा मानेर एमालेविरुद्ध आइसके’ ओलीले भने, ‘यसकारण यो पाँच दलीय होइन, ६ दलीय गठबन्धन भइसक्यो ।’ 

झापामा पाँच दलीय सत्ता गठबन्धन र राप्रपाबीच तालमेल गर्ने सहमति भएको छ । सहमति अनुसार स्थानीय तहको निर्वाचनमा राप्रपा र गठबन्धनको तर्फबाट साझा उम्मेदवार तय हुनेछन् ।