काठमाडौँ l नेपाल राष्ट्र बैंकले सञ्चालकहरुको खाता विवरण पठाउन निर्दैशन दिएको छ ।
मौद्रिक व्यवस्थापन विभागले आईतबार सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा सुचना जारी गर्दै खाता सञ्चालकहरुको खाताा विवरण पठाउन निर्दैशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
निर्देशनमा भनिएको छ, यस विभागबाट स्थायी तरलता सुविधा तथा खुला बजार कारोबार अन्र्तगतका सुविधा लिनुहुने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुले उपरोक्त सुविधाका लागि खाता सञ्चालकहरुको हस्ताक्षर सहितको विवरण तथा प्रमुख कार्यकारी अधिकृत र ट्रेजरी प्रमुखको सम्पर्क नं (मोवाईल नंम्बरं) साथै इमेल आईडी सहितको जानकारी यथाशिघ्र विभागमा पठाउन निर्दैशानुसार अनुरोध छ ।