बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गभर्नर अदालतमा कर्मचारी आन्दोलनमा

सोमबार, बैशाख ५ २०७९

काठमाडौँ l नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी आफ्नो निलम्बनविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आफूमाथि निलम्बन गरेपछि उक्त कारबाहीविरुद्ध उनी रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।

उनले मन्त्रिपरिषदले गरेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका छन् । सरकारले उनीमाथि सूचना चुहाएको लगायतका आरोपमा अनुसन्धान गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सोसँगै उनी निलम्बनमा परेका थिए । छानबिन समितिको प्रतिवेदनको आधारमा सरकारले गभर्नरलाई बर्खास्त गर्ने वा नगर्ने निर्णय गर्नेछ । 

यता, गभर्नरलाई गरिएको निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारीहरू आन्दोलित भएका छन् । आन्दोलनस्वरुप उनीहरूले केन्द्रीय कार्यालय बालुवाटारमा कालो ब्यानर झुन्ड्याएका छन् । ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नांगो हस्तक्षेप बन्द गर, निराधार तथा कपोकल्पित आरोपमा गभर्नरमाथि शुरू भएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर, अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ लगायतका नारा लेखिएको छ ।