शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पार्टी फुटाउनुको औचित्य पुष्टि गर्न नसकेको भन्दै केन्द्रीय सदस्य कन्दङ्वासहितका नेताले छाडे एकीकृत समाजवादी 

आइतबार, बैशाख ४ २०७९

झापा । केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वा र केन्द्रीय सल्लाहकार गोपीचन्द्र गिरीसहित विभिन्न कमिटीका नेता कार्यकर्ताले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका छन् ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै झापा जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल, गीता कँडेलसहित २७५ जनाले पार्टी परित्याग गरेको जनाएका छन् ।

पार्टीले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकेको,राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेको नव प्रतिगामी राष्ट्रघाती कित्तामा राखेको आरोप उनीहरूले लगाएका छन् ।