काठमाडौँ l संघीय निर्वाचन आयोगले कांग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई सात दिनभित्र जवाफ पेश गर्न भनेको छ ।
बर्दघाट-सुस्ता पूर्व निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ ।
तर विभिन्न सञ्चारमाध्यममा उनले दिएको अभिव्यक्तिमा ६ करोड खर्च भएको बताएकाले यससम्बन्धमा सात दिनभित्र जवाफ पठाउन भनिएको छ ।