काठमाडौं। सरकारले सशस्त्र प्रहरीका महानिरिक्षक (आईजी) नियुक्त गर्ने भएको छ। आज बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ आईजीको टुंगो लगाउने भएको हो।
सशस्त्रका आईजी शैलेन्द्र खनाल आजबाट नै आफ्नो चार बर्षे नेतृत्वबाट विदा लिँदैछन्। उनी ३० बर्षे सेवा अवधि पूरा गरेर घर फर्किन लागेका हुन्।
सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)द्वय पुष्पराम केसी र रामशरण पौडेल मध्य एक जनालाई आईजी नियुक्त गर्नुपर्ने हुन्छ। तर, आज आईजी नियुक्त भएका एआईजीले २१ दिन मात्र जिम्मेवारी पाउने हुँदा त्यसपछिको नेतृत्व पनि टुंगो लगाउने सरकारी तयारी रहेको बताइएको छ।