काठमाडौँ l वाणिज्य बैंकहरुले नयाँ प्रतीतपत्र अर्थात एलसी नखोल्ने भएका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर संघको आईतबार बसेको बैठकले तत्कालको लागि अर्थात कम्तीमा पनि एक हप्ताको लागि नयाँ एलसीको कारोबार नर्गने निर्णय गरेको हो ।
देशमा विदेशी मुद्राको सञ्चिती घट्दै गएकाले राष्ट्र बैंकले पनि अत्यावस्यक बाहेकका बस्तुको आयातमा एलसी नखोल्न सुझाव दिएको र सोही सुझावलाई मध्यनजर गर्दै वाणिज्य बैंकहरुले कम्तीमा एक हप्ताको लागि नयाँ एलसी नखोल्ने निर्णय गरेको हो, संघका एक प्रतिनिधीले भनेका छन् ।
नयाँ एलसी रोकिंदा बिदेशबाट ल्याइने सामानहरुको आयात घट्ने बिदेशी मुद्राको सञ्चिती बढन् सक्ने बिस्वास संघले दिएको छ । संघले बैशाख महिनाभरीमा निक्षेपको व्याजदरलाई स्थिर राख्ने समेतको निर्णय गरेको जानकारी दिएको छ ।