बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदी

आइतबार, चैत्र २७ २०७८

काठमाडौँ l एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ।

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेद्वार बनाउने घोषणा गरिएको देवी ज्ञवालीले बताए। मेयरको उम्मेद्वारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन्।

महानगरको मेयरको उमेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो। २०७४ को चुनावमा माओवादी केन्द्रकी रेणु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उमेदवारमा प्रस्ताव गरेका हुन्।

उपमेयरको उमेदवारको घोषणा गरिएको छैन। उपमेयरमा एमालेले राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ।