काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिका मेयर उम्मेदवारमा कांग्रेसको सहमति गराउनका लागि दबाब दिएका छन्।
अघिल्लो पटक कांग्रेसले उम्मेदवार घोषणा गरिसकेपछि पनि सहमति भएका कारण अहिले त साझा उम्मेदवार चयनका लागि माथिल्लो तहबाट नै दबाब दिनुपर्ने प्रचण्डको रणनीति छ। सोहीअनुसार कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले उक्त दबाब दिनका लागि प्रचण्डले अनुरोध गरेको स्रोतको दाबी छ।
तर चितवन कांग्रेसले भने भरतपुरमा अहिले आफ्ना उम्मेदवारले नछाड्ने दाबी गरेको छ। सँधैभरी माओवादीलाई छाडेर जान नसकिने उसको निर्णयबीच प्रचण्डको उपल्लो तहबाट नै दबाब दिने रणनीति कायम रहेको छ।
एउटा अन्तरवार्ताका दौरान पनि कांग्रेसलाई उपमेयर दिन सकिने आशयअनुसार रेणु दाहाललाई मेयर बनाउनुपर्ने प्रचण्डले बताएका थिए।