बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पाँच दलले गठबन्धन गर्ने भएपछि बल्ल एमालेसँग चुनाव लड्ने हैसियत मिल्यो: अध्यक्ष ओली

बुधबार, चैत्र १६ २०७८

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएपछि मात्र चुनाव लड्ने हैसियत मिलेको बताएका छन् ।

गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताउँदै उनले अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए । 

‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने रु त्यसैले अब बल्ल हैसियत मिलेको छ,’ अध्यक्ष ओलीले भने । 

एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए । ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो,’ अध्यक्ष ओलीले भने ।