काठमाडौं। सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) बन्नका लागि नायव महानिरिक्षक (डीआईजी)का तीन जना उम्मेदवारको दौडलाई १९ वैशाखको चर्चाका रुपमा लिन थालिएको छ।
हालका आईजी शैलेन्द्र खनाल २८ चैतमा अनिवार्य अवकासमा जाने भए पनि त्यसपछि संगठनको प्रमुखमा आउनेको खासै चर्चा छैन। २१ दिनका लागि मात्र आईजी हुने भएपछि अतिरिक्त महानिरिक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेलको भन्दा त्यसपछि आउने आईजीको चर्चा व्यापक छ। त्यसका लागि तीन डीआईजीको नाम चर्चामा छ।
उनीहरूले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन्।
डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ। उनीहरू तीनैजना आईजीका प्रतिस्पर्धी हुन्। अहिले सरकारले एआईजी बढुवा गर्छ या डीआईजीबाट नै सिधा आईजी बनाउँछ भन्ने टुंगो लागेको छैन। तर, डीआईजीत्रय भने दौडमा लागिसकेको बताइन्छ।