शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२२ अर्ब १० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

सोमबार, चैत्र १४ २०७८

काठमाडौँ l नेपाल राष्ट्र बैंकले भोलि सोमबार २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । 

चैत्र १५ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् ।

राष्ट्र बैंकका अनुसार उक्त ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको नौं अर्ब १० करोड, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ ।

उक्त ट्रेजरी मध्ये २८ दिने, ९१ दिने र एक सय ८२ दिने ट्रेजरी पुरानो नविकरण अन्र्तगत रहेको छ भने तीन सय ६४ दिने ट्रेजरी नयाँ रहेको रहेको  छ। 

उक्त ट्रेजरीको परिपक्व हुने अवधि २०७९ बैशाख १३ गते, २०७९ असार १४ गते, २०७९ असोज ११ गते र २०७९ चैत्र १४ गते तोकिएको छ ।

यसअघि यही चैत्र सात गते पनि राष्ट्र बैकले ११ अर्ब ८३ करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले भनेको छ ।