काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण खुमलटार पुगेका छन् ।
सत्ता गठबन्धनबीच चुनावी तालमेलबारे के हुने हो भन्ने दुविधा भइरहेका बेला उनीहरुबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रचण्डलाई भेट्न गृहमन्त्री खाँड आज बिहान प्रचण्ड निवास खुमलटार गएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यहाँ उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । यसैगरी स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाका वर्तमान अवस्थाबारे पनि उनीहरूबीच छलफल भएको थियो ।
भेटमा आगामी चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्नेबारे समेत कुराकानी भएको बताइएको छ ।