शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भरतपुर महानगर मेयरमा छोरीलाई फेरि उठाउन प्रचण्ड सक्रिय

शुक्रबार, चैत्र ११ २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्लाको भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई फेरि उठाउनका लागि सक्रियता देखाएका छन्।

उनले रेणुलाई जिताउनका लागि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग गठबन्धनलाई चुनावसम्म लगी फेरि प्रधानमन्त्री प्रस्ताव गर्ने आश्वासन दिएका छन्।

तर नेपाली कांग्रेस जिल्ला समिति चितवनले भने मेयरमा माओवादीलाई सघाउन नसकिने जिकिर गरेको छ। कांग्रेसले जित्ने आधार रहेका कारण यसपटक माओवादीलाई साथ दिन नसकिने बताइएको छ।

उता रेणु दाहालले पनि मेयरमा निरन्तरता खोजेकी छन्। उनले भरतपुरमा सडक बनाएकोलगायतका विकासका काम देखाउँदै मेयरका लागि फेरि पनि दाबेदारी सांकेतिक रुपमा प्रस्तुत गरेकी छन्। तर, घोषणाचाहिँ गरेकी छैनन्।