काठमाडौं। लोक सेवा आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवा सिफारिस समितिसँग लिखित जवाफ माग गरेको छ।
गृहसचिव अध्यक्ष रहने बढुवा सिफारिस समितिले एआईजीका लागि बसन्त पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुकको नाम प्रस्ताव गरेको छ। बरिष्ठता मिचेको भन्दै प्रहरी नायव महानिरिक्षक ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले लोक सेवा आयोगमा उजुरी दिएका थिए।
प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्री सदस्य सचिव रहेको समितिको सिफारिसविरुद्ध लोक सेवामा उजुरी परेको थियो। उजुरीकर्ता डीआईजीहरु आईजी थापाका ब्याची हुन्।