काठमाडौँ l मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ।
घटनामा घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। घाइतेहरुलाई उपचारार्थ कोशी अस्पताल लगिए पनि श्रेष्ठलाई अस्पतालले १०ः५० मा मृत घोषणा गरेको प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले जानकारी दिए।
घटनामा मोरङका एसपी जनार्दन जिसीसहित डेढ दर्जन प्रहरी घाइते भएका छन्। लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो।
सोही तनाव नियन्त्रणमा खटिएको बेला प्रहरीमाथि आक्रोशित स्थानीयको भीडले आक्रमण गरेको हो।