शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मलद्वारमा लुकाएर ल्याएको १ किलो अवैध सुनसहित भारतीय नागरिक पक्राउ

सोमबार, चैत्र ७ २०७८

काठमाडौँ l अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १ किलो २ सय ६८ ग्राम सुनसहित भारतीय नागरिक राहदानी नम्बर टी ७२६९०९१ वहाक ३८ वर्षीय सुबम मेहरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुबमको गतिविधि संकास्पद देखिकोमा उनलाई उक्त विमानस्थलमा खटिएको प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा मलद्वारमा टेपले बेरी ल्याएको उक्त सुनत फेला पारी पक्राउ गरेको हो । 

विमानस्थल सुरक्षा गार्ड र महानगरीय अपराध महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।