शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निर्वाचनमा माओवादीलाई कसैको वैशाखी आवश्यक पर्दैन

आइतबार, चैत्र ६ २०७८

काठमाडौँ l नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई कसैको वैशाखी आवश्यक नपर्ने बताएका छन् । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सो कुरा गरेका हुन् ।

माओवादी आफ्नै बलमा निर्वाचन लड्ने बताउदै उनले १ नम्बर पार्टी हुने पनि बताए । माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको भन्दै उनले जनताको उभारले त्यसको संकेत गरेको बताए ।

उनले भने – ‘२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले । कहिले १० सिटसम्म भन्थे । तर, झण्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो’ l