काठमाडौँ l नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंक अन्र्तगको बैंक सुपरीवेक्षण विभागका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ति बैंकहरुलाई कारवाही गरिएको हो ।
कारवाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, सिटिजन्स बैंक, सनराईज बैंक, सेञ्चुरी कर्मसियल बैंक, स्टान्र्डड चार्टड बैंक र एनएमबी बैंक रहेका छन् ।
यसरी गरिएको कारवाहीमा प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात, बैधानिक तरलता अनुपात कायम नगरेको आधारमा एक लाख ८० हजार चार सय ३० रुपैयाँ १४ पैसा जरिवाना राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपाल बैंकलाई गरिएको कारवाहीमा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं १५ तथा बैंक तथा वित्तीय संस्था नियमन विभागले मिति २०७८ जेठ ११ मा जारी गरेको परिपत्रमा भएको व्यवस्था बमोजिम बोलकवोलको आधारमा संलग्न हुने मुद्धती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाईने भन्ने व्यवस्थाको पालना नभएको देखिएकोले आगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी भविष्यमा यस्तो त्रुटी नदोहोरिने गरी कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ । यसैगरी एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्ने निर्देशन पालना नगरेकाले नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, सनराईज बैंक, मेगा बैंक र सेञ्चुरी कर्मसियल बैंकलाई गरिएको कारवाहीमा अन्र्तगत भने बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं १५ तथा बैंक तथा वित्तीय संस्था नियमन विभागले मिति २०७८ जेठ ११ मा जारी गरेको परिपत्रमा भएको व्यवस्था बमोजिम बोलकवोलको आधारमा संलग्न हुने मुद्धती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाईने भन्ने व्यवस्थाको पालना नभएको देखिएकोले आगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी भविष्यमा यस्तो त्रुटी नदोहोरिने गरी कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ ।
स्टान्टर्डड चार्टड बैंक नेपाल लिमिटेड र एनएमबी बैंकलाई गरिएको कारवाहीमा भने बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं १५ क तथा मिती २०७८ जेठ ११ मा जारी गरिएको कल निक्षेप बाहेकका व्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिईने अधिकतम र न्युनतम व्याजदरबिचको अन्तर पाँच प्रतिशत भन्दा बढीले फरक पार्न पाईने छैन भन्ने व्यवस्था उलंघन भएको सन्र्दभमा आगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी तथा भविष्यमा यस्तो त्रुटी नदोहोरिने गरी उल्लेखित कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम ति बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराईएको छ ।