शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एकीकृत समाजादी पनि होमियो चुनावमा, कुन प्रदेशमा को-को खटिए ?

बिहिबार, चैत्र ३ २०७८

काठमाडौँ l सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पनि स्थानीय चुनावमा होमिएको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले बैसाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरु खटाउने तयारी गरेको छ ।

राजधानीको आलोकनगरमा आज (बिहीबार) बसेको केन्द्रीय कार्यालय बैठकले सातै प्रदेश नेताहरु खटाउने निणर्य गरेको पार्टीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

पार्टी केन्द्रको बैठकले प्रदेश-१ मा उपमहासचिव प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती उपमहासचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयनन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कणर्ालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई खटाइँदैछ ।

‘सातै प्रदेशमा केन्द्रीय कार्यालयबाट अनुगमन गर्ने नेताहरु पठाउने निणर्य भएको छ’, खतिवडाले भने, ‘यो टोलीले सातै वटा प्रदेशमा गरेको कामको रिपोर्टिङ ल्याउनेछ । वडा, गाउँ र पालिकासम्मको हाम्रो वास्तविक अवस्थाको रिपोर्टिङ आउने छ । हाम्रो उद्देश्य पूर्ति गर्ने गरी हामी सूचना ल्याउने छौं । त्यही अनुसार हामी रणनीति बनाउनेछौं ।’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनावमा आफ्नो पार्टीले कमाल गर्ने दावी गरेका छन् ।