बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमालेको निर्वाचन रणनीति

बुधबार, चैत्र २ २०७८

काठमाडौँ l नेकपा एमाले आउँदो स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी चुनावमा होमिने भएको छ । बुधबार संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।

पार्टी अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्ने भन्दै यस्तो निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिदै आएका प्रमुख सचेतक भट्टराईले एकाध स्थानमा एकाध पार्टीसँग तालमेल गरे पनि देशभर एक्लै चुनावमा लड्ने बताए ।