बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डको रणनीति

मंगलबार, चैत्र १ २०७८

काठमाडौँ l स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरु आ-आफ्नो तयारी शुरु गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले चुनावी अभियान पनि शुरु गरिसकेको छ । 

यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकेसम्म गठबन्धन रेर चुनाबमा जाने नभए एक्लै चुनावमा जाने पक्षमा देखिएका छन् । कांग्रेसका सभापति देउवाले आगामी चुनावमा मिलेर जानुपर्ने कुरा गर्दा ढुक्क भएका प्रचण्ड कांग्रेसकै नेताहरुका कारण निराश भएका छन् ।  

शेखर कोइराला, गगन थापा लगायतका नेताहरु गठबन्धनसँग मिलेर नभई एक्लै चुनावमा जाने धारणा राख्दै आएका छन् । त्यति मात्र नभई कांग्रेसका नेताहरुले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आफ्नो पार्टीको ओत लाग्न आएको धारणा पनि राख्दै आइरहेका छन् । 

कांग्रेसका नेताहरुले बारम्बार चुनाव एक्लै लड्ने अभिव्यक्ति दिएपछि प्रचण्डले कांग्रेसका नेताहरुलाई कटाक्ष गर्दै माओवादी एक्लै चुनावमा जान सक्ने पार्टी भएको बताएका छन् । 

माओवादी एक्लै चुनाव लड्न सक्ने हैसियतको पार्टी भएको भन्दै प्रचण्डले आफूहरुले नै काँग्रेसलाई बोकेर सिंहासनमा पुर्‍याइदिएको बताए । कांग्रेसको प्रत्यक्षतर्फ आफूहरुकोभन्दा १० सिट मात्र कम भएको भन्दै प्रचण्डले माओवादी एक्लै चुनावमा जान सक्ने  र आफूहरुलाई गरिएको अपमान नसहने पनि बताए । 

अहिले प्रचण्डसकेसम्म गठबन्धनसँग तालमेल गरेर चुनाव लड्ने नभए एक्लै चुनावमा जाने पक्षमा देखिएका छन् । उनले सकेसम्म आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताउन थालेका छन् । पार्टीको पहिलो प्राथमिकतामा जनताको मन जित्ने र चुनाव जित्नै रहेको बताए । 

उनले आफ्नो पहिलो प्राथमिकता गठबन्धन नभएको पनि बताए । स्थानीय तह चुनावका लागि दुई महिने अभियानमा होमिएको भन्दै प्रचण्डले गठबन्धनसँग कहीँकतै तालमेल हुन सक्ने बताए । उनले नेकपा एमालेसँग पनि अहिल्र्य सहकार्यको अवस्था नरहेको समेत बताए । चुनावमा तालमेल गरेर जाने बारे कांग्रेसमा सहमती हुन सक्ने नदेखिए पछि प्रचण्डले एक्लै चुनावमा जाने आट गरेको देखिन्छ ।