काठमाडौं। विभाजित र परस्पर विरोधी बनेका नेपालका कम्युनिस्ट पार्टीलाई गोलबद्ध गर्ने उद्देश्यका साथ चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउन इच्छुक रहेको खुलासा भएको छ।
चिनियाँ कुटनीतिक नियोगले नै विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउन इच्छुक रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको उच्च स्रोतको दाबी छ।
नेकपा विभाजन रोक्नका लागि चीनको प्रयत्न असफल भएको थियो। लगत्तै गठबन्धन सरकार बन्यो र अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी पास भएको थियो। एमसीसी पास गराउनका लागि अमेरिकाले नेपाललाई दबाब दिन नमिल्ने चीनले खुलेर नै टिप्पणी गरेको थियो।
आगामी चैत महिनाभित्र वाङको नेपाल भ्रमण तय हुनेछ। उनको भ्रमणसँगै नेपालका कम्युनिस्ट पार्टीको गठबन्धन बन्न सक्ने आँकलन पनि गरिएको छ।