शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नारायणकाजीले प्रचण्डविरुद्ध प्रस्ताव ल्याउने, पदाधिकारी चयन प्रभावित

शुक्रबार, फाल्गुन २० २०७८

काठमाडौं। एमसीसी प्रकरण र त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण विभाजनको बाटोतिर लागेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा नेता नारायणकाजी श्रेष्ठले नयाँ प्रस्ताव ल्याउने भएका छन्।

पार्टीको आठौं महाधिवेशनले तय गरेको निर्णयविपरित प्रचण्डले एमसीसी पारित गराउनका लागि ह्विप जारी गरेको र अस्तित्वमा नरहेको पूर्वस्थायी समितिको बैठक राख्नु अनुचित भएको सन्दर्भमा नारायणकाजीको प्रस्ताव आउने भएको छ।

एमसीसीविरूद्ध सडकमा जनवर्गीय संगठनलाई खटाउने र भित्रभित्रै पारित गराई माओवादीलाई राष्ट्रघाती कित्तामा उभ्याएको ठहरसहित नारायणकाजीले प्रचण्डको जवाफ माग गर्नेछन्।

एमसीसीको विरोधमा माओवादीभित्र बलियो जनमत रहेको छ। कतिपय प्रचण्डका पक्षमा रहेका नेताहरू पनि यस निर्णयको विरोधमा रहेका छन्।