शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बिहान बेलुकै माधव, प्रचण्ड किन बालुवाटार ?

शुक्रबार, फाल्गुन २० २०७८

काठमाडौँ l प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरु आज दोस्रो पटक जुटेका छन् । बिहान लामो छलफलपछि उठेका नेताहरु अहिले फेरि भेटवार्तामा सहभागी भएका हुन् ।

केहीबेर अघिदेखि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो ।

यसअघि आज बिहान ९ बजेको हाराहारीमा पहिले प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच १५ मिनेट छुट्टै कुराकानी भएको थियो । लगत्तै चार दलका शीर्ष नेताहरुको लामो छलफल भएको हो ।

यसैबीच प्रधानमन्त्री देउवासँग साढे ४ बजेको समयमा प्रधानमन्त्री देउवा र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।जनआस्था साप्ताहिकबाट