बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टुँडिखेलमा मनाइयो सेना दिवस (फोटोफिचर)

बुधबार, फाल्गुन १८ २०७८

काठमाडौँ l सेना दिवस एवं महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस-२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो ।

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत राइफलद्वारा पाटा–पाटा लहरे र एकट्ठा प्रस्तुत गरियो । सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।

2.jpg

त्यस क्रममा स्वस्तिक चिह्न, शिव वन्दना र राष्ट्रभक्ति भावको गीत सङ्गीतसमेत प्रस्तुत भयो । सैनिक मञ्चमा मास पिटीका साथैै तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । समारोहमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरियो ।

1.jpg11.jpg6.jpg4.jpg1111.jpg111.jpg111111.jpg1111111.jpg11111.jpg11.jpg55.jpg222.jpg