जनकपुरधाम । धनुषा जिल्लाकाे ढल्केवारका प्रहरी ईन्सपेक्टरले एक परिवारमाथि झुठा मुद्दा लगाएपछि सिँगो परिवार नै त्रासमा रहेका छन् । समाचार अनुसार, धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदार घर भएका स्थानीय दिनेश सहनी र बिमलेश सहनी माथि इलाका प्रहरी कार्यालय ढल्केवरले आमनागरिकलाई अचम्मित पार्ने खालको हुँदै नभएको ठगी मुद्दा दर्ता गरेको छ । यसले सहनी परिवार त्रास छाएकाे पीडितहरू बताउछन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक प्रदीप सुबेदी नियम विपरीत तरिकाले बिना कुनै आधार तथा ठोस प्रमाण बिना नै ठगी मुद्दा दर्ता गरेर सहनी परिवारलाई फ़साउन खोजेको आराेप पीडितहरूले लगाएका छन् । पीडितहरू निकटहरूका अनुसार, राजमार्ग छेउको आफ्नो ४ कठा पुस्तैनी जग्गा २०७८ भदौ ३१ गते बिक्री गरेका थिए । अहिले ६ महिना पछि आफ्नै जग्गा बेचे बापत ठगी गरेकाे झुठा मुद्दा खेप्न बाध्य भएका छन् । प्रहरीले पक्राउ गर्ने डरले पीड़ित परिवार न्यायका लागि हारगुहार गर्दै आएका खबर छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ स्थित गोदार घर भएका स्थानीय दिनेश सहनीले गोदार चौक भन्दा पश्चिमपट्टी करिब दुई सय मिटर पश्चिम दुरीमा रहेको मुख्य सड़क अर्थात पूर्वपश्चिम राजमार्गको उत्तर पट्टीको राजमार्ग छेउको आफ्नो नाममा रहेको पुर्खौली सम्पत्तिको ३७९ किता नम्बरको ४ कठा जग्गा स्थनीय वीरेन्द्र बजार घर भएकी सुमारिया देवी यादवको नाममा नियम सम्मत बिक्री गरेकाे पीडितहरू दावी गर्छन्।
सहनीले रू ९० लाखमा बिक्री गरेको र बाँकी ११ लाख पछि दिने शर्तमा २०७८ भदौ ३१ गतेमा यादवलाई बिक्री गरी मालपोत तथा भूमिसुधार कार्यालयमा नियम सम्मत पास गरे, बाँकी ११ लाख रकम माग गर्न जाँदा यादवकाे छोरा जितेन्द्र यादवले सो रकम दिन अलटाल गर्न थाले पटक पटक माग्न जाँदा आज दिन्छु भोलि दिन्छु भन्दै टालटुल गर्दै सो बाँकी रकम दिन भने मानेनन् उल्टै आफूहरु माथि झुठा मुद्दा दर्ता गराएर आफूहरुलाई झन पीड़ित बनाएको पीड़ित सहनीको आरोप छ ।
जग्गा वालासँग छलफलका लागि बोलाई दिन इलाका प्रहरी कार्यालय धल्केवरका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप सुबेदीलाई हारगुहार गर्दा समेत छलफलमा बोलाई दिएनन् नै उल्टै जग्गा पास गरेर लिनसँग मिलेर इंस्पेक्टर सुबेदीले उल्टै आफु माथि झुठा मुद्दा दर्ता गर्दियो।
जग्गा बिक्री गरे बापतको रकम विभिन्न ब्यक्तिको नामले नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०१४०५०५०३१५५६२मा बैंक खातामार्फत ७९ लाख रकम मात्र प्राप्त गरेको बैंक स्टेटमेन्टले बताउँछन् । यसरी आफ्नै रकम माग्दा प्रहरीले नै उल्टै ठगी जस्ता झुठा मुद्दा खेप्न बाध्य बनाएको पीडित सहनीले बताउँछन् ।
“पूर्वपश्चिम राजमार्ग छेउको जग्गा बिक्री गर्न २०७८ साउन १ गते बिक्री गर्ने सो अनुसारको जग्गा बैना गरियो र सोही जग्गा बिक्री गरियो तर आज ६ महिना पछि आफ्नै पैसा माग्न जाँदा प्रहरीले उल्टै कसरी ठगी मुद्दा दर्ता गरियो । हामी कसरी ठगी गरे जुन जग्गा देखाएँ सोही कित्ता नम्बर जग्गा पास गरे ठगी कसरी भयो प्रहरीले आफूहरुलाई बदनियतपूर्वक फ़साउन खोजेको छ” पीड़ितका दाई बिमलेश सहनीले गुनासाे गरे ।
ठगी भएको भन्ने विषय कहीँ पुष्टि नहुने तथ्य फेला परेको स्राेत छ । गत महिनाको गतेमा सहनीको नाममा रहेको किता नम्बर समेत उल्लेख सहितको जग्गा बैना कागज समेत पीडित परिवारले सुरक्षित राखेको बेला ईन्स्पेक्टर सुवेदीले व्यक्तिगत फाईदाको लागि परिवारजनमाथि झुठा मुद्दा लगाएर तर्साउन खोजेको आरोप छ ।
नापी कार्यालयको नक्सामा समेत पूर्वपश्चिम राजमार्गको छेउमैं जग्ग देखिन्छ साबिक १९० नम्बरको किता पूर्वपश्चिम राजमार्ग देखिन्छ । सो राजमार्गको उत्तर पट्टी राजमार्ग छेउ मैं जग्गा देखिन्छ । गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष रंजीत साहले जग्गाको चार किल्ला घर बाटो प्रमाणित समेत गरेको सिफारिसमा उल्लेख छ ।
बैना भए अनुसारकै सोही किता नम्बरको जग्गा पास भएको पनि देखिन्छ । स्थलगत दृश्य हेर्दा समेतले पुष्टि गर्छन् राजमार्गको सिमाना ८२ फिट सड़क छोडेर स्थगलत जग्गा नाप्दा समेत जग्गा राजमार्ग मैं छोएको देखिन्छ ।
यति मात्र होइन इलाका प्रहरी कार्यालय ढल्केबरमा सहनीविरुद्ध ठगी सम्बन्धी ठाडो उजुरी परे पश्चात इप्रका प्रमुख सुबेदीको नेतृत्वमा गणेशमान चारनाथ नगरपालिका ६ का वडा अध्यक्ष रंजीत साह नगरपालिकाको नापी अमिन र जिल्ला नापी कार्यालयका अमिनले समेत स्थलगत अनुगम गर्दा वास्तवमा जग्गा भने राजमार्गको छेउमैं रहेको पुष्टि गरिएको थियो । स्थलगत मुचुल्का तैयार गरियो । तर मुचुल्का लुकाए प्रहरीले इलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेक्टर प्रदीप सुवेदीको एक अडियो रेकर्डले समेत ठगी होइन भन्ने पुष्टि गर्ने दावी पीडितहरूकाे रहेकाे छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवका अनुसार, पूर्व कमलादेखि पश्चिम धल्केवरसम्म दर्जनाै व्यक्ति नक्सा संशाेधन नभएकोले यस्ता समस्या भोग्न बाध्य छन् । यो मुद्दा प्रहरीले ठगीमा दर्ता गर्ने मुद्दा हुँदै होईन यो नेपाल सरकारको समस्या हाे । जग्गा धनीहरु पुस्तौंदेखि राजमार्ग छेउको जग्गा हकभोग गर्दै आएको जग्गा बिक्री गर्दा निर्दोषलाई ठगीको मुद्दा खेप्न बाध्य बनाउने प्रहरीमाथि प्रश्न उठ्नु स्वभाविक भएको मेयर रामबाबु यादवले बताए ।
जग्गा सम्बन्धी मुद्दा प्रहरीले प्रत्यक्ष रूपना हेर्नै नहुँने मुद्दा हो यो त स्थानीय सरकारले मात्र हेर्न सक्ने व्यबस्था छ तर प्रहरीले बदनियतपूर्वक र आफू अनुकूल हेर्न मिल्ने बनाएर ठगी मुद्दा दायर गरेर पीड़ितलाई मानसिक तनावको सिकार गराउन खोजेको आराेप पीडितहरूकाे रहेकाे छ ।
आफै अनुसन्धान अधिकृत समेत रहेका इन्स्पेक्टर सुबेदीले स्थलगत मुचुल्का उठाएर आफूभन्दा माथिल्लो निकाय जिल्ला प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालयमा सो स्थगत मुचुल्का बारे समेत जानकारी नगराई गुपचुप तरिकाले आफूहरु विरुद्ध हुँदै नभएको झुठा मुद्दा दर्ता गरेर आफूहरुमाथि प्रहरीले अन्याय गरेको पीड़ित बिमलेशले बताए ।
कान्छो भाई दिनेश सहनीको नाम रहेको जग्गा पारदर्शी रुपमा बिक्री गरेकाे दावी उनकाे रहेकाे छ । उनकै बैंक खातामार्फत रकम भुक्तानी भयो । मेरो संलग्नता कहीँ कतै नरहे पनि म माथि ठगी मुद्दा दर्ता किन गरियाे, मेरो के गल्ती छ ? यसरी आफू साह्रै अन्यायमा परेको भन्दै सम्बन्धित निकायसँग न्यायका माग गरेका छन् ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ९९ अनुसार कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेबारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फ़साउने वा वास्तविक कासुरदारलाई जोगाउने मनसायले बनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग अलगाउनु हुँदैन।
यदि लगाएमा (२) दफा १ बमोजिमको कसूर गर्ने वा गराउने ब्यक्तिलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुने व्यवस्था छ । र, साथै (३) दफा १ बमोजिमको कसूरबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानीनाेक्सानी भएमा निजले त्यस्तो कासूरदारबाट क्षतिपूर्ति भराई लिन सक्ने ब्यवस्था समेत रहेको छ । साघुँसाप्ताहिकमा खबर छ l