शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सरकारबाट बाहिरिने माओवादी तयारी, निर्णयका लागि खुमलटारमा बैठक

शुक्रबार, फाल्गुन १३ २०७८

काठमाडौं। गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र शेरबहादुर  देउवा नेतृत्वको सरकारबाट बाहिरिने तयारीमा रहेको छ। शुक्रबार प्रतिनिधि सभामा छलफलका लागि एमसीसी टेबुल हुने भएकाले यसको विरोधमा माओवादी सरकारबाट बाहिरिएर सडकमा आउने तयारीमा छ।

सरकारबाट बाहिरिने निर्णयका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा माओवादीका उच्च तहका नेताको बैठक बसीरहेको बताइएको छ। तर, तत्काल निर्णय गरेर जाने कि एमालेको निर्णय कुर्ने भन्नेमा पनि माओवादी छलफल केन्द्रित रहेको बताइन्छ।