काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट २०७८ फाल्गुण १२ गते सुनसरी जिल्ला, ईटहरीस्थित नं. २ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरिएको छ ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति महारथी शर्माबाट उक्त बाहिनी अड्डाको वस्तुस्थिति लगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गर्नुका साथै व्यारेक एरिया निरीक्षण तथा सकलदर्जाहरुलाई सम्बोधन समेत गरिएको थियो ।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति महारथी शर्माले २०७८ फाल्गुण १३ गते धरानस्थित गल्फ कोर्समा आयोजना हुने “5th Annual Invitation Corporate Golf Tournament” को समुद्घाटन तथा सैनिक आवासीय महाविद्यालयको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएकाे छ ।