शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनआईसी एशिया बैंकः आम ग्राहकको आर्थिक सुरक्षा कवच 

बुधबार, फाल्गुन ११ २०७८

आफ्ना आम ग्राहकको गाह्रो अप्ठेरोको साथी, आर्थिक समृद्धिको सहयात्री बन्दै बैक 
काठमाडौ, 
बैंकः त्यो हो जसले आफ्ना ग्राहकहरुलाई हरेक दुख, सुख गाह्रो अप्ठेरोमा साथ र सहयोग दिन्छ । नेपालमा अहिले २७ वटा बाँणिज्य बैंकहरु रहेका छन । अन्य बैकहरुले आफ्ना ग्राहकहरुलाई गाह्रो अप्ठोरो, सुख दुखमा साथ दिन्छ दिदैन, त्यो थाहा छैन होला । तर काठमाडौको भिमसेनगोला निवासी ३६ बर्षिया श्याम प्रसाद पन्त भने अहिले एनआईसी एशियाले आफ्ना हरेक ग्राहकलाई जस्तो सुकै दुख र अप्ठेरोमा पनि साथ दिन्छु भन्नेमा ढुक्क रहेकाछन । सायद अहिले उनले एनआईसी एशियामा खाता खोलेको, एनआईसी एशियाको ग्राहक भएकोमा गर्वको महसुस भएको हुन सक्छ ।

 
तर यो गर्व गर्न ठाउँ दिने अर्थात गर्व गर्न लायकको बनाउने भनेको एनआईसी एशिया बैंक मात्र हो । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नाराका साथ आम नेपाली नागरिकको घरदैलोमा पुगेको एनआईसी एशियाको नारा जस्तो छ, काम र बित्तीय सेवा पनि त्यस्तै रहेको छ । जसकको अनुभती काठमाडौ भिमसेनगोलाका पन्त लगायतका एनआईसीका देशभरका ३० लाख ग्राहकहरुले गरेको हुन सक्छ अथवा भनौ ति ग्राहकहरुले पनि पन्त कै जस्तो अनभुती पाउने सक्नेछन, एनआईसी एशिया बैंकको बित्तीय सेवाबाट काठमाडौँको भिमसेनगोला निवासी पन्तले एनआईसी एशियामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका थिए । उनले बैकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बीमा रकम हस्तान्तरण गरेको छ । बैकका अनुसार पन्तलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको हो ।

पन्तलाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले गत साता उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । निज खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो । बैंकको बीमा सहितको बचत खाता अन्तर्गत हालसम्म देशभरका सात सय जना भन्दा बढी ग्राहकहरूले बीमा वापत चार करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेकाछन । आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दे जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले हाल लिएर आएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणी अन्तर्गत पाँच वर्षको लागि खातावाला एवं निजले मनोनित गर्नुभएको तीन अन्य व्यक्तिहरूको प्रतिव्यक्ति २१ लाखसम्मको गरी कुल ८४ लाखसम्मको बीमा फाइदाको व्यवस्था गरिएको छ । साथै, यस निक्षेप योजना अनुसार ग्राहकहरूले प्राप्त गर्नुहुने तीन बीमा सम्बन्धी फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटिएम लगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक ५ वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ । 
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५८ शाखा कार्यालयहरू, चार सय ७३ वटा एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिसत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दे आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

बैकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दे आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिसत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिसत शाखा कार्यालयहरू स्थापना गरेको छ ।