शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

डेढ रोपनी जग्गा बालकुमारी रिमिक्सको कब्जामा

बुधबार, फाल्गुन ११ २०७८

ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको स्वीकृतिबेगर अस्थायी टहरा बनाई २०७१ सालदेखि क्लबले आगटेको थियो ।

क्लबकै अगुवाइमा अहिले पश्चिमतर्फ ९बालकुमारी मन्दिर छेउको बाटो हुँदै चक्रपथ जाने बाटोतर्फ० बाँकी रहेको करिब ६ आना जग्गामा पिलरसहितको करिब लम्बाइ ५२ फिट र चौडाइ १८ फिटको भौतिक संरचना निर्माण भइरहेको छ ।

गुठी संस्थान जग्गा धनी, गुठी तैनाथी र बालकुमारी गुठी उल्लेख भई तैनाथी लालपुर्जा रहेको सो जग्गामा अनधिकृत रूपले प्रयोग र भौतिक संरचना बनाउने कामको अगुवाइ ललितपुर वडा–७ का अध्यक्ष कुलबहादुर महर्जनले गरेका छन् ।

वडाअध्यक्ष महर्जन क्लबको पनि अध्यक्ष हुनुहुन्छ । वडाअध्यक्ष महर्जनकै प्रयासमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनको तोक आदेशमा भइपरी बजेटबाट २० लाख रुपियाँ क्लबलाई दिने निर्णय गरिएको थियो । सोही रकमबाट अहिले अनधिकृत रूपमा संरचना निर्माण भइरहेको बुझिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।