बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चिफसाब ! स्टाफ कलेज परीक्षाको धाँधली छानविन होस् !

बुधबार, फाल्गुन ११ २०७८

काठमाडौँ l नेपाली सेनाको स्टाफ कलेजको बोर्ड सदस्य र पैसावालहरुसँग प्रतिस्पर्धा गर्न कति कठिनाई हुन्छ भन्ने कुराको बारेमा लेख्दैछौं । यदि बोर्डका सदस्यले आफ्ना मान्छेहरु मात्रै छनौट गर्ने हो भने किन परीक्षा लिने जस्तो नाटक गर्नुप¥यो । सक्षम व्यक्तिका लागि त्यो आकासको फल आतरी मर भनौ वा आशमै सीमित बनेको छ र सक्षम व्यक्तिको स्थान असक्षमलाई दिइएको छ । चीफसा’ब यसबारेमा छानविन गर्न कदम चाल्नुपर्दैन ?

हामीलाई थाहा छ कि सेनाका अधिकृतहरुको भविष्य जोडिएको प्रत्येक वर्ष नेपाली सेनामा स्टाफ कलेजको परीक्षा सम्पन्न हुने गर्दछ । सबै २८० प्रतिस्पर्धीहरुले निकै मेहनत गरेका हुन्छन् । तर, केवल ७७ जना छनौट गरिन्छ । कसैले त ४÷५ पटक सम्म परीक्षा दिएका हुन्छन् । अझ भनौं उमेरले दिंदासम्म परीक्षा दिने गर्दछन् ।

नेपाली सेनाको सम्मानमा कसैले धावा बोल्न सक्दैन । तर, हाम्रो मुलुकमा मानिसहरु यति स्वार्थी भइसके कि उनीहरुले आफ्ना मान्छे, परिवार, पैसावाललाई मात्र अवसर दिने गर्दछन् ।

नेपाली सेनामा प्रत्येक वर्ष हुने स्टाफ कलेजको परीक्षामा बोर्ड मेम्बरकै आफ्ना मान्छे, कोसेलीपात, चाकडी, पैसा खुवाउन सक्नेहरु, परिवारका सदस्य, भाइभतिजा, छोराछोरीहरुले मात्रै स्थान पाउने गर्दछन् । स्टाफ कलेजका बोर्ड सदस्यहरुले यसरी आफ्नो मान्छे र पैसा पेल्न सक्नेहरु नै राख्ने हो भने किन परीक्षा गराउनुप¥यो ? नेपाली सेना जस्तो अनुशासित संस्थामा यस्तो अवस्था चलिरहेमा सोर्सफोर्स नहुने साधारण व्यक्तिका छोरी, छोराहरुको योग्यता, क्षमता र ज्ञानले स्थान पाउने अवस्था छैन ।

हामीले नेपाली सेनाका पीडित अधिकृतहरु यो विषयमा रक्षा मन्त्रालय, रक्षा मन्त्री, रक्षा सचिव, जर्नेलहरु वा उच्च पदस्थहरुस“ग कसरी उजुरबाजुर गर्ने र हाम्रा हकका लागि कसरी लड्न सक्छाैं ? यदि कोही अन्याय गर्नेहरुका विरुद्ध बोल्न खोज्यो भने सेनाका पीडित अधिकृतहरुको सबैकुरा समाप्त हुन सक्छ । अझ ज्यान नै धरापमा समेत पर्न जान्छ ? त्यसैले अन्यायीहरुविरुद्ध बोल्ने कुनै पनि अधिकृतको आँट छैन ।

स्टाफ कलेजको परीक्षामा हिरालाल जोशी, दीपककुमार बानियाँ, सन्तोष पौडेल, नारायण सिलवाल, हिम्मतबहादुर विष्ट, विष्णुकुमार खड्का, पदमबहादुर बुढा, रोज प्रताप, पुरन घले, धिरेन्द्रकुमार मल्ल, सरोजकुमार अधिकारी, भीमशंकर बम, राजेन्द्र श्रेष्ठलगायतको बोलवाला चल्ने गरेको छ । उनीहरुले शक्तिको दुरुपयोग गर्दै आफ्ना मान्छे परीक्षामा पास गराउने काम गर्दै आएको कुरा आर्मी हेडक्वार्टरले निष्पक्ष भएर छानविन गरेमा सत्यतथ्य पत्तो लाग्छ ।

लोकतान्त्रिक सरकार भनिन्छ, लोकमा हुने अन्याय कसैले सुन्दैन । झन नेपाली सेनामा त नेतृत्वले पत्याएका जर्नेलहरु त श्री ३ महाराजले जस्तै जे हुकुम बक्सिन्छ त्यही गर्छन् । नागरिक सरकारको प्रतिनिधि भनिने रक्षा मन्त्रालय नेपाली सेनाको रबर स्ट्याम्प बाहेकको भूमिकामा देखिदैन । अनि को छ त जसले नेपाली सेनाका हामी पीडित अधिकृतलाई मद्दत गर्न सक्ने ?

हामी नेपाली सेनाका भविष्यले हाम्रो संस्था भित्र हुने अन्यायको गुनासो कहाँसुनाउने अनि निष्पक्ष भएर सुन्ने को छ  ? के नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको स्टाफ कलेजमा हुने यस्तो धाँधली र बेथिती रोक्न कदम चाल्न सक्नुहुन्न ? चीफ सा’ब भ्रष्टहरुले नेपाली सेनाको स्टाफ कलेज परीक्षामा गर्ने गरेको धाँधलीको बारेमा निष्पक्ष छानविन गरेर पीडितहरुलाई न्याय दिन कदम चालियोस् । कि त नेपाली सेनाको स्टाफ कलेजको परीक्षाको जिम्मा सम्पूर्ण रुपमा लोकसेवा आयोगलाई जिम्मा दिइयोस् । यस्तो व्यवस्था सेनाले गर्न सक्दैन भने चीफ सा’ब कै प्रत्यक्ष निगरानीमा स्टाफ कलेजको पुनर्परीक्षा दिने व्यवस्था गरियोस् । त्यसपछि सबै सत्य छर्ल¨ हुने छ ।

अनि सबै परीक्षार्थीप्रति न्याय पनि हुनेछ । हामी पीडित अधिकृतहरु नेपाली सेनाको स्टाफ कलेज (सन् २०२२)को परीक्षा पुनसंचालन गर्न चीफ सा’बस“ग विशेष अनुरोधका साथ माग गर्दछौं । चीफसा’ब हामीहरुको गुनासो हजुरले बुझ्नुहुन्छ भन्ने आशा राखेका छौं ।– नेपाली सेनामा सोर्सफोर्स नभएका योग्य तर पीडित अधिकृतहरु