बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तरमारा’ थापा

मंगलबार, फाल्गुन १० २०७८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पुनर्गठन गर्दै कमल थापा मैदानमा उत्रिएका छन्। अवसर र लाभका लालची थापाले राप्रपाको एकता महाधिवेशनका बेला अध्यक्ष पदमा पराजय भोगेका थिए।

पदमा बस्न नपाएको छटपटाहटका बेला उनले पराजयको कारण पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास रहेको टिप्पणी गर्दै आएका छन्। घोषणा सभामा पनि उनले सोही प्रकारको अभिव्यक्ति दिए। तर, ज्ञानेन्द्रले थापालाई राजनीतिक नेतृत्वबाट किन किनारा लगाउन खोजे भन्नेचाहिँ कारण दिन सकेका छैनन्।

पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा नै सबैभन्दा बढी मन्त्री पदको अवसर पाएका थापाले राप्रपा पटक–पटक विभाजन गरी धुजा–धुजा पारेका थिए। पछिल्लो एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनको नेतृत्व प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित भएर आएको थियो। त्यसलाई पनि सहन गर्न नसकेका थापाले फेरि राप्रपा नेपाल गठन गरी विभाजनको आफ्नो श्रृङ्खलालाई कायम राखेका छन्।

‘कमल थापासँग राजनीतिक इमान्दारिता, त्याग र समर्पणको भावना त अहिले देखिएन। उनीसँग लोभ र लालसाभन्दा केही पनि छैन’, स्रोतले भन्यो,‘अहिले त जुन थालमा खायो त्यहि थाल प्वाल परेको भनेर कराउन थालेका छन्। यस्ता थिति नभएका व्यक्तिले कुनै पनि मुद्दालाई कसरी अगाडि बढाउन सक्लान् र?’

पटक–पटक चुनाव हारेर पनि उनलाई राजनीतिमा अगाडि आउने लालसीपनले कुत्कुत्याइरहने गरेको कतिपयको टिप्पणी छ। त्यतिमात्र नभएर जनताले राजसंस्था र हिन्दूत्वको एजेन्डाका लागि दिएको मतलाई सत्ता र कुर्सीसँग थापाले साटेका थिए। यसैकारण पनि गत चुनावमा उनको नेतृत्व हुँदा राप्रपा देशैभरी धुलीसात भयो भने अहिले नेतृत्व गरेका राजेन्द्र लिङदेन र धवल शमशेर राणाले मात्र जित निकालेका थिए।

‘यीनी तरमारा हुन्। संविधान जारी भएपछि बनेको केपी शर्मा ओलीको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीका लागि यीनले जनमतको सौदाबाजी गरे, राप्रपा कार्यकर्ता र आम जनताले त्यसलाई हेक्का राखेका छन्’, स्रोतले भन्यो,‘व्यवस्थाकै प्रतिपक्षी हुँदा संविधानलाई स्वीकार गरी सत्ताको तरमार्ने उनको प्रवित्ति छ।’

नेतृत्वमा नयाँ पुस्तालाई स्वीकार गर्न नसक्ने र परिवर्तनका निम्ति केही पनि नवीन ढाँचा दिन नसक्ने थापालाई पदमात्र चाहिने गरेको धेरैको आरोप छ। कतिपय राजसंस्थावादी संघ संगठनले थापाको लोभका कारण नै हिन्दूत्वको एजेन्डा जबरजस्त उठ्न नसकेको ठम्याएका थिए। ‘यतिबेलासम्म हाम्रो एजेन्डाले एउटा गति लिने थियो, विदेशीको परेड खेल्ने अवस्थाको बहस हुने थिएन’, स्रोतले भन्यो,‘थापाको बेइमानीले यी सबै भएका हुन्।’