काठमाडौँ l नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा मतदान गर्ने भएको छ । सोमबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा बसेको सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको हो ।
बैठकले संसद्मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको बारे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी प्रवक्ता खतिवडाले बैठकले अन्य पार्टीलाई पनि विपक्षमा मतदान गर्न प्रेरित गर्ने निर्णय पनि गरेको बताए ।
एमसीसीका विषयमा आफ्नो पार्टीको पोजिसन प्रष्ट भएको बताउदै उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने बताए । आउँदो फागुन १२ गते संसद बैठक बस्दैछ ।