काठमाडौं। अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभामा पेस गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा यस्तो सहमति भएको हो। सदनमा दर्ता भएको उक्त प्रस्तावसहित अन्य ४१ विधयेक पनि अघि बढाउने सहमति भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन्।
आजै कार्यव्यवस्था समितिको बैठकले सदनको कार्यसूचीमा एमसीसलाई तय गर्नेछ। दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा एमसीसी सदन छिर्ने पक्का भएको छ।