काठमाडौं। बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठक सकिएको छ। अर्को बैठक आइतबार गरी एमसीसीबारे धारणा सार्वजनिक गरिने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने प्रस्ताव गरेका थिए। तर, अन्य दलले भने आइतबारसम्म पर्खिनका लागि प्रधानमन्त्री देउवालाई आग्रह गरे।
अन्य दलको आग्रहका आधारमा आइतबारसम्म कुर्न प्रधानमन्त्री देउवा राजी भएका छन्। त्यस दिन पनि कुनै सहमति हुन नसके एमसीसी टेबुल गरिने भएको छ।