काठमाडौ,
वैंकिङ् कसूर मुद्धाका फरार प्रतिवादीहरु पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार तनहुँको ब्यास नगरपालिका वडा नं ९ स्थायी घर भई काठमाडौं महानगरपालिका वडा नं २६, सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्शन प्रा.लि.को संचालक ३२ बर्षिय सुरज गुरुङ् र सिन्धुपाल्चोकको साविक बाहृबिसे गा.वि.स. वडा नं ४ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ३१, तीनकुने बस्ने बर्ष ३६ का सुमित भण्डारीलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ क्रमस आइतबार र सोमबार पक्राउ गरिएको हो ।
ति व्यक्तिहरुले आ–आफ्नो नामको बैंक खाताबाट रकम भुक्तान हुने भनी खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट निज प्रतिवादीहरुलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा सुरज गुुरुङको हकमा २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना र सुमित भण्डारीको हकमा पाँच दिन कैद र नौ लाख ७३ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
सो लगत्तै फरार रहेका ति दुई व्यक्तिहरुलाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले ति प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोमबार क्रमस ललितपुर जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा पेश गरेको गरिएको सिआईबीले जनाएको छ ।