बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चिफसाब ! जर्साबकाे याे काम कीर्ते भित्र पर्छ कि पर्दैन ?

सोमबार, फाल्गुन २ २०७८

काठमाडौँ l नेपाली सेनामा एकातिर शैक्षिक याेग्यता नक्कलीकाे विगविगी रहेकाे र नेपाली सेनाका  कतिपय अधिकृतहरू  जागिर मात्रै हाेइन देशै छाडेर पलायन भएका खबर हामी बारंबार पढ्ने गर्दछाैं । यस्तै खबर पढ्दापढ्दै हाल नेपाली सेनाका केही अधिकृतहरू भने बढुवा हुन र भविष्य सुरक्षित राख्नका लागि स्नातक कक्षा धमाधम लिन थालेका छन् ।

सैनिक नियमावली २०६९ अनुसार महासेनानीबाट सहायक रथीमा बढुवा हुन Higher Command Training गर्नुपर्ने र उक्त Training गर्न अनिवार्य स्नातक हुनुपर्ने र Online graudation ले मान्यता नपाउने भएपछि नेपाली सैनिक Academy खरिपाटीमा स्नातक परीक्षा दिने अधिकृतहरुको घुइँचो लाग्ने गरेकाे छ । 

यस्ताे परीक्षामा पूर्व राजा ज्ञानेन्द्रका अंगरक्षक, गौरव शमशेर राणालाई साइकल पार्टनर बनाइ प्रभावित गरी धेरै Senior हरुलाई पाखा लगाई पदोन्नति हुन सफल भएका सहायक रथी मधुकर सिंह कार्कीले Online Graduate Certificate बुझाई Higher Command Training गर्न सफल भएका थिए । उनी  हालै मात्र विभिन्न संचार मध्यमहरुमा  USA स्थित नेपाली राजदूतावासमा सैनिक सहचारीको रुपमा कार्यरत रहँदा NCELL को २८ करोड भ्रष्टाचार काण्डमा समेत मुछिएको खबर सार्वजनिक भएकाे थियाे ।

निजले सहायक रथी हुनको लागि गर्नुपर्ने  Higher Command Training, February 2016 मा शुरु भएको तालिममा सरिक हुनको लागि विभिन्न शक्तिको आडमा  Online Graduate Certificate बुझाई तालिम सम्पन्न गर्न सफल भएकाे रेकर्ड अब मेटिने भएकाे छ । 

कारण जर्नेल कार्कीले  ६ महिना पछि खरिपाटी Academy बाट स्नातक पास गरेर Certificate लिन पनि सफल भएकाे हामीले थाहा पाएकाे थियाैं । 

उक्त Online Graduate certificate को ठाउँमा नयाँ स्नातक certificate replacement गरी कीर्ते काम गर्न सफल भएकाे चर्चा हामीले सुनेका छाैं । यसैका  आधारमा निकट भविष्यमा विभिन्न मित्र राष्ट्रहरुमा हुने NDC तालिममा सरिक हुनको लागि सहायक रथी कार्कीले पनि विभिन्न शक्ति केन्द्रमा UK वा USA जानको लागि दौडधुप शुरु गरेको  सुन्दैछाैं । Online Graduate certificate को आधारमा  Higher Command Training गर्ने अनि हाल आएर नेपाली सेनाकाे अभिलेखमा नयाँ स्नातक Certificate replacement गर्ने कार्य कीर्ते हाे कि हाेइन ? थाहा पाउन के गर्नुपर्ला चिफ साब  ?

जर्नेल कार्की भन्दा वरीयतामा पछाडिका NDC तालिममा वन्चित हुन सक्ने अधिकृतहरुको रुवावासी भइरहेकाे सुन्दा हामी अधिकृतहरूलाई दुःख लागेकाे छ ।-सुनी जान्ने सैनिक अधिकृतहरू, नेपाली सेना