शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हिमालयन जनरलको प्रमुख कार्यकारीमा शाह नियुक्त, कम्पनीले नयाँ उचाई लिने बिश्वास

शुक्रबार, माघ २८ २०७८

काठमाडौँ l हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा बिजय बहादुर शाह नियुक्त भएका छन्। नेपाली बीमा क्षेत्रमा निकै निकै नै काविल र सक्षम व्यवस्थापककोरुपमा चिनिदै आएका शाहलाई कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितीको बैठकले यही फागुन एक गते देखि नै कार्यान्वयनमा आउने गरी प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । 

यसअघि हिमालयन जनरलको प्रमुख कार्यकारी अधिकृतमा सुशिल बज्राचार्य रहेका थिए । बज्राचार्यले प्रमुख कार्यकारीकोरुपमा आफ्नो पदावदी छोट्याएर कम्पनीबाट राजीनामा दिए पश्चात नियमनकारी निकाय बीमा समितीको स्वीकृती अनुरुप शाहलाई हिमालयन जनरलले प्रमुख कार्यकारीकोरुपमा नियुक्त गरेको हो । हिमालयन अघि शाहले एनएलजी इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीमा पनि प्रमुख कार्यकारीकोरुपमा जिम्वेवारी वहन गरिसकेकाछन । कम्पनीका अनुसार शाहलाई प्रमुख कार्यकारी पदमा नियुक्त गर्नको लागि बीमा समितीले बुधबार अनुमती दिएको थियो । 

नेपाली बीमा क्षेत्रमा कुशल व्यवस्थापककोरुमाप परिचय स्थापित गरेका शाहले नेपाल इन्स्योरेन्स कम्पनीलाई प्रतिस्पर्धी बजारमा उभ्याएका थिए । शाहको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनीलाई व्यावसायिक कम्पनीका रूपमा रूपान्तरण गरेका थिए । शाहले वरिष्ठ चाटर्ड एकाउन्टेन्ट, एमबिएसम्मको अध्ययन गरेका छन् । शाह फिलिपिन्समा सचिवालय रहेको विकासशील देशहरूको बीमा तथा पुनर्बिमा संघको अध्यक्ष समेत रहेका छन् ।

शाह नेपाल व्यवस्थापन संघबाट २०१४ मा वर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित समेत भएका थिए । बीमा र अन्य क्षेत्रमा ३५ वर्ष भन्दा बढीको अनुभव शाहसँग छ । शाह देशमा कार्यरत बीमा कम्पनीहरूको साझा संघठन नेपाल बीमक संघलाई संस्थागत गरी दुई कार्यकाल अध्यक्ष समेत भएका थिए ।

बीमाका ज्ञाता र बीमाको बारेमा देश तथा विदेशमा जागरण ल्याउने व्यक्ति हुन् । शाहले बीमाका बारेमा विभिन्न देशी, विदेशी सङ्घ, संस्था, दातृनिकायसमेत सुझाव सल्लाह दिँदै आएका छन । उनको नेतृत्वमा कम्पनीले नयाँ उचाई लिने बिश्वास हिमालयन जनरलले लिएको छ ।