बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बुटवलमा विहान सबेरै कार दुर्घटनाहुँदा तीनजनाको मृत्यु

सोमबार, माघ २४ २०७८

काठमाडौं । रुपन्देहीको बुटवलमा कार दुर्घटना हुदा  तीनजनाको मृत्यु भएको छ ।  तामनगरस्थित सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको हो ।  

कारमा सवार अन्य २ जना गम्भीर घाइते भएका छ्न् ।

बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर नजिक पूर्व- पश्चिम राजमार्गमा रोकिराखेको  ट्रकमा कार ठोक्किएको हो । विहान सबेरै भएको दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको परिचय खुलेको छैन ।