शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

खुकुरी हानेर सिन्धुपाल्चोकमा दुईजनाको हत्या

सोमबार, माघ २४ २०७८

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ ।

हिजो साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  राजन अधिकारीले जानकारी दिए । अधिकारीले  घटनाको थप अनुसन्धान भइरहेको बताए ।