शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हत्या आरोपमा पक्राउ परेका ३ जना सार्वजनिक

शुक्रबार, माघ २१ २०७८

मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा माघ १२ र १३ गते मृतावस्थामा फेला परेका दुई व्यक्ति र बिहीबार ललितपुरको गोदावरीमा नगरपालिका १२ थेचोमा मृत भेटिएको एक व्यक्तिको हत्यामा संलग्नलाई तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरू तीनै जनाको हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौँमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुम घर भई काठमाडौँ बस्ने मोहन लिम्बुको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका–४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका–२१ स्थायी घर भई हाल काठमाडौँ बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल र धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलम रहेका छन् ।

अनुसन्धानका क्रममा श्रेष्ठको हत्याको दुई दिनपछि चौधरीको हत्या भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । सो उखुबारीमै उनीहरूले श्रेष्ठ र चौधरीको हत्या गरेको खुलेको उनको भनाइ छ । घटनाको मुख्य योजनाकार भने अनिल हुन् ।

प्रहरीका अनुसार श्रेष्ठ, चौधरी र लिम्बु तीनै जनाको डोरीले घाँटी कसेर हत्या गरेपछि शव खाल्डोमा पुरिएको थियो ।