काठमाडौँ l सशस्त्र प्रहरी बलमा २०७८ माघ २६ गते सेवा अवधि पूरा गरेर दुई जना डीआइजी खड्ग राई र मन्दीप श्रेष्ठ घर जाने अन्तिम तयारीमा रहेका छन् । सशस्त्र प्रहरीमा एआईजीको दरबन्दी थपका लागि दौडधुप चलेको भएतापनि सरकारबाट एआईजीको दरबन्दी थपिने अवस्था छैन । जसका कारण यतिवेला सशस्त्र प्रहरी बलमा एआईजी बन्नका लागि दौडधुप गर्ने असफल भएकोअवस्था छ ।
वर्तमान आइजीपी शैलेन्द्र खनाल चार वर्षे सेवा अवधि पूरा भएका कारण २०७८ चैत्र २७ गते अनिवार्य अवकाशसहित घर जाने भएका छन् । उनीपछि नयाँ आइजीपीको चर्चा पनि संगसंगै शुरु भएको बताइएको छ । त्यसपछि सरकारले चाहेमा २१ दिनका लागि भएपनि पुष्पराम केसी नयाँ आईजीपी बन्नेसम्भावना छ । यस भन्दा अघि पनि १५ दिने आईजीपी भएको इतिहास सशस्त्र प्रहरीले कायम गरेको छ ।
नेपाल प्रहरीमा तीन जना एआइजीको दरवन्दी थप्न मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको भएपनि स्वीकृत हुन सकिरहेको छैन । २०७८ माघ १२ गते राष्ट्रिय सभा निर्वाचन परेको र निर्वाचन आचारसंहिता लागू भइसकेकोले मन्त्रिपरिषदले निर्णय गर्न नसकेको बताइएको छ । संभवत अब बस्ने मन्त्रिपरिषद बैठकले यस विषयलाई निक्र्यौले गर्नेछ ।
अब सशस्त्र प्रहरीका वरिष्ठ डीआइजीहरुमध्यकै राजु अर्याल र सिपी (चन्द्रप्रकाश) गौतम पनि एआईजीपीको लाइनमा बसेका छन । आफू नेपाली सेनाबाट सशस्त्रमा आएकोले पनि एआईजी पाउनुपर्ने दावी उनको रहेकोे छ । हाल सशस्त्रमा एआइजी पद नै २ वटा मात्र रहेको छ । त्यसकारण वरिष्ठताका आधारमा डीआइजी राजु अर्याल, नारायण पौडेल, वंशी दाहाल र सिपी (चन्द्र प्रकाश) गौतमका बिच बढुवाका लागि तीब्र प्रतिस्पर्धा हुने ठानिएको छ ।
यतिखेर सरकारको नेतृत्व र सोर्सफोर्समा भने डीआइजी पौडेल बलिया मानिएका छन्। किनकि उनका जिल्लाबासी नेता तथा नेपाल कांग्रेस पार्टी उपसभापति पूर्ण बहादुर खड्का वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका अत्यन्तै निकट र विश्वासिला मात्र भएकोले उनको बोली बिक्ने अवस्था छ । उपसभापति खड्काले गृह जिल्लाका डिआईजी पौडेलको बढुवामा पक्ष लिनसक्ने अनुमान गरिदैछ ।
हिजो सशस्त्र र नेपाल प्रहरीको नेतृत्वले आफूपछिको लागि नयाँ टीम खडा गरेर मात्र नेतृत्व छाड्ने गरेका थिए । तर, यसपटक नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभाग तीनतिरका आईजीपीहरुले विगतका प्रमुखहरुले जस्तो भित्री तयारी नगरी संगठनबाट बाहिरिन लागेका छन् । साघुँ साप्ताहिकबाट